काठमाडौं । नेकपा एमालेले आज पालिका अधिवेशन गर्ने भएको छ । आज अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशन भर्चुअल रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । एमालेले पालिकामा अध्यक्षलगायत पदाधिकारी र सदस्य चुन्नेछ।
एमालेले गत कात्तिक ६ मा वडा अधिवेशन गरेको थियो। करिब छ हजार वडामा अधिवेशनबाट नयाँ नेतृत्व आइसकेको दाबी एमालेले गरेको छ भने बाँकी वडाहरूमा यही कात्तिक १५ भित्र वडा अधिवेशन गरिसक्ने बताएको छ।
एमाले उपाध्यक्ष भीम रावलले भने सुदूरपश्चिमका अधिकांश वडामा अधिवेशन नभएको बताएका छन्। तर पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले वडा अधिवेशनहरू भइसकेको दाबी गरेका छन् । एमालेले दसौं केन्द्रीय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ कार्तिक २०७८, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत