काठमाडौं । नेकपा एमालेले आज पालिका अधिवेशन गर्ने भएको छ । आज अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशन भर्चुअल रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । एमालेले पालिकामा अध्यक्षलगायत पदाधिकारी र सदस्य चुन्नेछ।
एमालेले गत कात्तिक ६ मा वडा अधिवेशन गरेको थियो। करिब छ हजार वडामा अधिवेशनबाट नयाँ नेतृत्व आइसकेको दाबी एमालेले गरेको छ भने बाँकी वडाहरूमा यही कात्तिक १५ भित्र वडा अधिवेशन गरिसक्ने बताएको छ।
एमाले उपाध्यक्ष भीम रावलले भने सुदूरपश्चिमका अधिकांश वडामा अधिवेशन नभएको बताएका छन्। तर पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले वडा अधिवेशनहरू भइसकेको दाबी गरेका छन् । एमालेले दसौं केन्द्रीय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ कार्तिक २०७८, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले माघ ४ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, के छन् छलफलका एजेन्डा ?
एमालेले सूचना प्रविधि र सामाजिक सञ्जाललाई मुख्य हतियार बनाउने
प्रतिनिधि सभा चुनावका लागि एमालेबाट चितवन-३ मा शंकर थपलिया सिफारिस
केपी ओली र राजेन्द्र लिङ्देनबिच भेटवार्ता