पोखरा । १०औं महाधिवेशनको संघारमा रहेको एमालेको अहिले स्थानीय तहमा अधिवेशन चलिरहेको छ । सबैजसो जिल्लामा वडा अधिवेशन सकिएको छ ।
मंगलबार देशैभरि पालिकास्तरीय अधिवेसन छ । तर कास्कीमा अहिलेसम्म वडा अधिवेशन नै सकिएको छैन । ७२ मध्ये ६६ वटा वडाको अधिवेशन मात्रै सकिएको हो । अझै ६ वटा वडा बाँकी छन् ।
‘सर्वसम्मतको प्रयास गरिएको हो । त्यसैले केही ढिलो भयो,’ एमाले नेता बैनबहादुर अधिकारीले भने, ‘सके अझै सर्वसम्मत गर्छौं । नत्र अब चुनावमा जान्छ ।’ पोखरा ९, २०, २१, २३ र २६ तथा माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ३ मा अधिवेशन आज सुरु भएको छ ।
‘केहीमा उद्घाटन पछि रोकियो । कतै बन्द सत्र चल्दाचल्दै स्थगित भएका छन्,’ एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘आज पनि मतदान सायद हुँदैन होला । सर्वसम्मतमै जोड दिएका छौं ।’ उनका अनुसार पालिकाका लागि मतदाता पनि आजै चयन हुनेछन् ।
पोखरामा आठ सय हाराहारी मतदाता हुनेछन् । पालिकामा दुईदेखि पाँच सयसम्मले मतदान गर्ने छन् । ‘आज ५ बजेसम्म सबै आइसक्नुपर्छ । आउँछ पनि,’ थापाले अघि भने, ‘पालिकामा समेत सर्बसम्मत नेतृत्व चयन हुन्छन् । प्रजातन्त्रमा सर्वसम्मत भएपछि उच्चतम उपयोग भइहाल्यो ।’ अहिलेसम्म पालिकाको नेतृत्वका लागि खुलेर उम्मेदवारी कसैले सार्वजनिक गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ कार्तिक २०७८, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)