मोहन वैद्य नर्भिकबाट डिस्चार्ज

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, १९ : ११
मोहन वैद्य नर्भिकबाट डिस्चार्ज

काठमाडौँ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज भएका छन्। दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका आज डिस्चार्ज भएका हुन् । 

CG Developers Tansen Cement box

स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनलाई आइतबार अपरान्ह डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
दमको समस्या बढेपछि उनलाई गत आइतबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो। सो क्रममा उनको अवस्था खतरामुक्त र सामान्य बनेपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस