बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन सरकारलाई निर्देशन

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, १८ : २८
बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौँ  । प्रतिनिधिसभा अन्र्तगत रहेको विकास तथा प्रविधि समितिले बेमौसमी वर्षाबाट उत्पन्न बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकले प्रकोपबाट घाइतेहरुको शीघ्र उपचार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

मनाङ, बझाङ, बाजुरा लगायतका जिल्लाहरुमा पुग्ने सडकहरू अवरुद्ध भएकोले अस्थायी रुपमा तत्काल सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ । 

यस्तै आर्थिक वर्ष २०७४ र ०७५ मा सक्ने लक्ष रहेको मध्यपहाडी लोकमार्ग आयोजना सुरु भएको १४ वर्षमा ५८ प्रतिशत मात्र काम सम्पन्न भएकोले अबको २ वर्षमा ठेक्का लाग्न बाँकी रहेको खण्डको ठेक्का लगाउन निर्देशन दिएको छ । साथै राजमार्ग निर्माण गर्दा समयको ख्याल गर्न पनि निर्देशन दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस