अमेरिकाबाट एकलाख मात्रा खोप आउँदै

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, १७ : ०१
अमेरिकाबाट एकलाख मात्रा खोप आउँदै

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

CG Developers Tansen Cement box

“सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।