काठमाडौं । दसैँ बिदापछि खुलेको सेयर बजारमा गएको साता उतारचढाव देखिए पनि यो साताको पहिलो कारोबार दिन आइतबार भने दोहोरो अंकको वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्सेमा २७.५१ अंकले वृद्धि हुँदा २५८४.५२ अंकमा बन्द भएको छ ।
बजार परिसूचकमा वृद्धि भए पनि कारोबार रकममा भने सुधार हुन सकेन । आज नेप्सेमा ५८ लाख १८ हजार २५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । आज नेप्सेसँगै व्यापारबाहेक सबै उपसूचकमा हरियाली छाएको छ ।
वित्त कम्पनी उपसूचक सर्वाधिक ४.११ प्रतिशत, हाइड्रोपावर उपसूचक २.५२ प्रतिशत र अन्य उपसूचमा ३.२४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३४ प्रतिशतले बढेको छ । व्यापार उपसूचक भने १.०७ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा कारोबारमा आएका मध्ये बेस्ट फाइनान्स र रिडी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ भने मेरो माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले नै घटेर नकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।
आज कारोबार भएका मध्ये आईसीएफसी फाइनान्सको सर्वाधिक १५ करोड ९१ लाख ८७ हजार, एनआईसी एशिया बैंकको नौ करोड ३५ लाख १९ हजार र अरुण भ्याली हाइड्रोपावरको आठ करोड ६४ लाख ६१ हजारको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ कार्तिक २०७८, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार