काठमाडौं । दसैँ बिदापछि खुलेको सेयर बजारमा गएको साता उतारचढाव देखिए पनि यो साताको पहिलो कारोबार दिन आइतबार भने दोहोरो अंकको वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्सेमा २७.५१ अंकले वृद्धि हुँदा २५८४.५२ अंकमा बन्द भएको छ ।
बजार परिसूचकमा वृद्धि भए पनि कारोबार रकममा भने सुधार हुन सकेन । आज नेप्सेमा ५८ लाख १८ हजार २५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । आज नेप्सेसँगै व्यापारबाहेक सबै उपसूचकमा हरियाली छाएको छ ।
वित्त कम्पनी उपसूचक सर्वाधिक ४.११ प्रतिशत, हाइड्रोपावर उपसूचक २.५२ प्रतिशत र अन्य उपसूचमा ३.२४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३४ प्रतिशतले बढेको छ । व्यापार उपसूचक भने १.०७ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा कारोबारमा आएका मध्ये बेस्ट फाइनान्स र रिडी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ भने मेरो माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले नै घटेर नकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।
आज कारोबार भएका मध्ये आईसीएफसी फाइनान्सको सर्वाधिक १५ करोड ९१ लाख ८७ हजार, एनआईसी एशिया बैंकको नौ करोड ३५ लाख १९ हजार र अरुण भ्याली हाइड्रोपावरको आठ करोड ६४ लाख ६१ हजारको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ कार्तिक २०७८, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे
नेप्से परिसूचक २६ अंकले घट्यो