वैदेशिक रोजगारमा नेपालीको मृत्युः पहिलो कारण आत्महत्या

पत्रपत्रिकाबाट

बुधबार, १२ बैशाख २०७५, ०७ : ४१
वैदेशिक रोजगारमा नेपालीको मृत्युः पहिलो कारण आत्महत्या

काठमाडौं । विदेशमा रहेका नेपाली कामदारको दिनहुँ हुने मृत्युको प्रमुख कारण पछिल्लो समय आत्महत्या बन्न पुगेको छ । वैदेशिक रोजगारीका नाममा शोषण र ठगीका घटना बढिरहेका बेला मृत्युको पहिलो कारण आत्महत्या देखिएपछि यस क्षेत्रमा थप चुनौती देखिएको छ ।

स्वदेशमा रोजगारीको अवसर नपाएपछि विदेशिएका कामदारले आत्मत्या गर्ने क्रम बढेपछि सरोकारवालाहरु झस्केका छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार गत साउनदेखि सोमबारसम्म विभिन्न मुलुकमा ६३३ नेपाली कामदारको निधन भएको छ ।
यसमध्ये सबैभन्दा बढी १०५ जनाले आत्महत्या गरेका छन् । आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा समाचार छापिएको छ । विगतमा बढीजसो कामदारको मृत्यु सडक दुर्घटना र प्राकृतिक रुपमा हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस