काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विपत्तिमा दलीय एकता बनेर अघि बढ्नुपर्ने बताएका छन् । देश प्राकृतिक विपत्तिमा परेको र यतिखेर दलीय एकता खाँचो रहेको बताउँदै उहाँले विपत्तिलाई सामना गर्न नै हामी सबैको साझा दायित्व भएको जोड दिए ।
नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति दमकले आज कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले विपत्तिले सिङ्गो राष्ट्र डुबेका बेला सरकारसँगै सबै नागरिक उद्धार र राहतका कार्यमा एकजुट हुनुपर्ने धारणा राखे ।
जिल्लाको दक्षिणी बाढीग्रस्त क्षेत्रको अवलोकन तथा बाढीपीडितसँग भेटघाट गर्नुभएका उनले बाढी, पहिराबाट ज्यान गुमाएका तथा उठिबास भएका परिवारलाई पुनःस्थापना गरी राहत दिन सरकारले थप व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।
सरकारले विपत्तिलगत्तै गरेको निर्णय प्रशंसनीय भएको चर्चा गर्दै उनले भने, “सरकारले गरेको निर्णय निष्पक्ष कार्यान्वयन गर्न तीनै तहको सरकार गम्भीर हुनुपर्छ ।” उनले विपत्तिमा परेका किसानलाई थप राहतको प्याकेज ल्याउनुपर्ने सरकारसँग माग गरे । कांग्रेस विपत्ति सहकार्यमा सदैव दलीय आस्थाभन्दा माथि रहेको उनको धारणा थियो ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका प्रवक्ता शर्माले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको एक साताभित्र वर्तमान सरकार ढाल्ने अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरे । संविधान बनेको यो सरकारलाई कसैले ढाल्न नसक्ने चेतावनी दिँदै उहाँले यही सरकारले तीनै तहको निर्वाचन सम्पन्न गर्ने स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०४ कार्तिक २०७८, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संस्थापन पक्षलाई विश्वप्रकाशको प्रश्न- विधानअनुसार हस्ताक्षर संकलन गर्दा पार्टी कसरी कमजोर हुन्छ ?
‘देउवाको निवासमा भेटिएको भनिएको नोटका विषयमा छानबिन हुनुपर्छ’ : विश्वप्रकाश शर्मा
चार शक्तिशाली आयोग बनाउन विश्वप्रकाशको माग
एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै काँग्रेसका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन
उपसभामुखलाई पदमुक्त गर्ने तयारीप्रति विश्वप्रकाशको विमति
वन क्षेत्र जोगाउन साझा मत बनाऔँ: विश्वप्रकाश शर्मा