एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, १८ : ५७
एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले यसअघि बुटवलमा हुने भनिए पनि सारेर महाधिवेशन चितवनमा गर्न लागिएको हो । 

CG Developers Tansen Cement box

महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा ११ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ। माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा महाधिवेशन गर्न एमालेले बादलको संयोजकत्वमा समिति गठन गर्नुलाई चासोको रुपमा हेरिएको छ ।