उस्तै छ, भुकम्पले भत्काएको जीवन...

पत्रपत्रिकाबाट

बुधबार, १२ बैशाख २०७५, ०७ : ३६
उस्तै छ, भुकम्पले भत्काएको जीवन...

ललितपुर छम्पीका काइँला सिङ्तानको परिवार अझै जस्ताको साँघुरो टहरामा बसरिहेको छ । टहराभित्र हरेक बर्खामा पानीको भेल पस्छ । जाडोमा शीत झर्छ ।

उनकी पत्नी काइँली सिङ्तान दुखेसो पोख्छिन्, साना बच्चालाई चिसोमा कसरी जोगाउनु ? बर्खेभेल टहरोमा पस्दा कहाँ राख्नु ?

३०७२ वैशाख १२ गते अगाडि सिङ्तान परिवारको जीवन ठीकठाक चलिरहेको थियो । तर जव १२ वैशाखको भुकम्पको धक्काले उनको घर भत्कायो अनि सुरु भए सिङ्तान परिवारको दुःखका दिन ।

परिवार पाल्ने छोरी ज्वाईँ विक्रम थोकरले पनि पाल्पाको ट्रक दुर्घटनामा ज्यान गुमाएपछि सिङ्तान परिवारको अझ कन्ताविजोक भयो । सिङतान दम्पतीको एकमात्र छोरी छन्, नितु ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस