प्रि-ओपन सेसनमा नेप्से बढ्यो

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, १२ : ०९
प्रि-ओपन सेसनमा नेप्से बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले बढेको छ । यस सेसनमा सूचक दुई हजार ५७३.०५ विन्दुमा आइपुगेको छ । बुधबार नेप्से ६० दशमलव ५६ अकंले बढेर दुई हजार ५७१ दशमलव ६६ विन्दुमा बन्द भएको थियो ।

CG Developers Tansen Cement box

बिहीबारको यस सेसनमा १६ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बिहीबारको सेसनमा सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५० अंक बढेको छ।

आजको प्रि-ओपन सेसनमा नौ कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये पाँच कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी तीन  कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस