विदेश घुम्ने नेपाली बढे

पत्रपत्रिकाबाट

बुधबार, १२ बैशाख २०७५, ०७ : ०७
विदेश घुम्ने नेपाली बढे


काठमाडौं । पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधारमध्ये एक मान्दै बर्सेनि लाखौं पर्यटक भित्र्याउँदै आएको नेपालबाट घुम्न बाहिरिनेको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ ।

बाहिर जाने आउट वाउन्ड पर्यटक पनि बर्सेनि बढ्दै गएको पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदी बताउँछन् । उनका अनुसार ५ बर्ष यता नेपालीहरु घुम्नकै लागि विदेश जान थालेका छन् । आजको कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा समाचार छापेको छ ।

सुवेदीले भने,
-टुरिस्ट भिसा लिएर घुम्न जाने कल्चर ५ बर्षयता  बढेको देखिन्छ ।

-नेपालीहरु कुन कुन मुलुक घुम्न निस्कन्छन् ? कति खर्च गर्छन् ? कस्ता खाले पर्यटक भई निस्किरहेका छन् ? भन्ने तथ्यांक भने राखिने गरेको छैन ।

-बार्षिक ७ लाख नेपालीहरु पर्यटक भिसामा घुम्न निस्किने गरेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस