सिरियाली सैनिक बसमा बम प्रहार, १३ जनाको मृत्यु

एजेन्सी

बुधबार, ०३ कार्तिक २०७८, १३ : ५९
सिरियाली सैनिक बसमा बम प्रहार, १३ जनाको मृत्यु

सिरिया । सिरियाको दमास्कसमा सैनिक बसमा बम आक्रमण हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ। सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार मध्य दमास्कसमा सैनिक बसमा दुईवटा विस्फोटक पदार्थ पड्किएको हो।

बुधबार बिहानै जिसर अल–राइज पार हुँदै गर्दा बसमा बम आक्रमण भएको समाचार संस्था सनाले जनाएको छ। एक दशकअघि सिरियामा गृहयुद्धको अवस्था रहे पनि राजधानीमा यस्तो खालको आक्रमण दुर्लभ मानिन्छ।

विस्फोटपछि सेनाले प्रहार गरेको गोली लागेर कम्तीमा ८ जनाको ज्यान गएको पनि जनाइएको छ। इडलिब प्रान्तको अरिह सहरमा भएको विस्फोटमा मारिनेमा अधिकांश स्कूले विद्यार्थी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस