धनुषा । मंगलबार रातीदेखि भएको निरन्तर वर्षा र डुबानले धनुषाको जनजीवन कष्टकर बनेको छ ।
अविरल वर्षाका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसर, मधेश भवनसहित जनकपुरधाम उपमहनगरपालिकाको वडा १, ४, ८, ७, १६ का केही घरमा पानी पसेको छ ।
हवाहुरी र वर्षा सँगै भइरहेकोले जनकपुरधाम–काठमाडौं हवाइ उडान समेत प्रभावित भएको छ । दैनिक १० उडान हुने जनकपुर–काठमाडौं हवाइ सेवा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ कार्तिक २०७८, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
वर्षाले नौ राजमार्ग अवरुद्ध
भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न
बितेको २४ घण्टामा यी स्थानमा भयो भारी वर्षा