काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ । आजको यस सेसनमा नेप्से सूचक शून्य दशमलव १८ अंकले बढेको हो ।
यस वृद्धिसँगै सूचक दुई हजार पाँच सय ८८ दशमलव २४ विन्दुमा आइपुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १६ अंकले घटेको छ। १३ कम्पनीको नौ सय २४ कित्ता सेयर खरिद बिक्री भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् सोमबार ६८ दशमलव ९० अंक घटेर दुई पाँच सय ८८ दशमलव सात विन्दुमा बन्द भएको थियो । सेसनमा १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । चार कम्पनीको भाउ बढेको छ भने चार कम्पनीको घटेको छ । बाँकी कम्पनीको मुल्य स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ कार्तिक २०७८, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट
२२ अंकमा खुम्चियो सेयर बजार