काठमाडौं । बैंकको ब्याजदर वृद्धिको असर शेयर बजारमा देखिएको छ । बैंकिङ क्षेत्रमा तरलता अभाव हुँदा अहिले बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । निक्षेपको ब्याजदर पछिल्लो तीन वर्ष यताकै उच्च देखिएको छ ।
यसको नकरात्मक असर अनुरुप शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४३ अंकले घटेको छ ।
कारोबार रकममा पनि उल्लास देखिएन । दिनभर भएका ४० हजार ४ सय १ कारोबारबाट ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँमा रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ कार्तिक २०७८, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट
२२ अंकमा खुम्चियो सेयर बजार