माओवादी केन्द्रको स्थायी कमिटि बैठक शुरु, पार्टीको सांगठनिक विषयमा छलफल

सफल खबर संवाददाता

सोमबार, ०१ कार्तिक २०७८, १० : ११
माओवादी केन्द्रको स्थायी कमिटि बैठक शुरु, पार्टीको सांगठनिक विषयमा छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक  पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ । आज  विहान ८ जेबाट बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

CG Developers Tansen Cement box

उनका अनुसार पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको छ । कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ । यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दै छ । 

प्रतिक्रिया दिनुहोस