महोत्तरी । महोत्तरी जिल्लामा आफ्नी पत्नीमाथि टुनामुना गरेर पेटमा रहेको गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति जिल्लासँग नाम मिल्ने महोत्तरी गाउँपालिकाको वडा ३ मा रहेको मडैका ४२ वर्षीय सञ्जयकुमार झा हुन्।
सञ्जयले ६० वर्षीया भाउजू शिलादेवी झाको टाउकोमा हथौडा प्रहार गरेको प्रहरीले बताएको छ। भाउजु शिलादेवीले आफ्नी पत्नी रिङ्कुदेवी झालाई डेढ महिनाअघि टुनामुना गरेर केरा खान दिएको र केरा खाएपछि गर्भ तुहिएको अशंकामा गत बिहीबार सञ्जयकुमारले भाउजु मारेको प्रहरीले जनाएको छ।
भाउजूलाई मारेर जनकपुर भागेका युवकलाई जिप्रका महोत्तरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन्।
हत्यारालाई पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो। प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०१ कार्तिक २०७८, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या