जुम्लामै स्याउको मुल्य प्रति किलो १५०, मुल्य राम्रो पाएसंगै किसान हर्षित

पत्रपत्रिकाबाट

सोमबार, ०१ कार्तिक २०७८, ०७ : ५६
जुम्लामै स्याउको मुल्य प्रति किलो १५०, मुल्य राम्रो पाएसंगै किसान हर्षित

काठमाडौं । एक दशक अघि सम्म जुम्लाको मुल्य स्याउ प्रतिकेजी १५ देखि २० रुपैयाँ सम्म थियो। ढुवानीको एकमात्र माध्यम हवाइमार्ग थियो। स्याउको खरिद मुल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो। जसका कारण स्याउ खरिद गर्ने व्यापारी कमै हुन्थे। अधिकांश स्याउ गाइबस्तुको आहरा बन्थ्यो। माटोको खाल्डोमा स्याउ भण्डारण हुन्थ्यो। स्याउ कुहिन्थ्यो। बगैँचामा फलेको स्याउ बेच्ने अवस्था नहुँदा स्याउ खेती प्रति किसानको विकर्षण थियो।  

तर कर्णाली राजमार्गको सञ्चालन सँगै सडक मार्ग हुदैँ जुम्लाको स्याउ बाहिर जिल्ला निर्यात हुन थाल्यो। यहाँको स्याउको  मुल्य बढ्दै जान थाल्यो। किसानहरू स्याउ खेती प्रति आकर्षित हुन थाले। गत बर्ष बगैँचामै स्याउको मुल्य प्रतिकेजी ५० रुपैयाँ थियो। यो बर्ष जुम्ली स्याउको मुल्य १ सय ५१ रुपैयाँ प्रतिकेजी छ। यो मुल्य जुम्ली स्याउको अहिले सम्मको सर्वाधिक हो। 

जुम्ला सिँजा गाउँपालिका ५ का युवा किसान रामसिंह रावलले अहिले सदरमुकाम खलंगामा प्रतिकेजी स्याउको मुल्य १ सय ५१ रुपैयाँमै बेचिरहेका छन्। उनले भने,‘जुम्ली स्याउको स्वाद,कलर,गुणस्तर र स्याउमा पाइने भिटामिनका कारण यो स्याउको मुल्य बढि हुनु कुनै अनौठो होइन। यो मुल्य पनि निकै कम हो।’उनले दुई सय कार्टुन स्याउ बजारमा ल्याएका थिए। ५० कार्टुन स्याउ बेचिसकेका छन्। उनले भने,‘बाहिरबाट आयतित फुजी स्याउको मुल्य एक सय ५० रुपैयाँ हुनु पर्ने तर जुम्ली स्याउको मुल्य कम हुनुपर्ने कारण के छ ?’ उनले फुजी स्याउको भन्दा जुम्ली स्याउको मुल्य बढी हुनु पर्नेमा जोड दिए।  

फुजी स्याउ १५० रुपैयाँमा बेचिरहेको देखे। यसको तुलनामा जुम्ली स्याउका मुल्य निकै कम भयो। सबैमा फुजी स्याउ भन्दा जुम्ली स्याउ निकै कम गुणस्तरको भन्ने भ्रम सिर्जना भयो, उनले भने,‘   फुजी स्याउ हाइब्रेड हो। यो स्याउमा रासायनिक मलको प्रयोग भइरहेको छ। जुम्ली स्याउका शुद्ध अर्गानिक मलको प्रयोग भइरहेको छ। ’

जुम्ली स्याउ अर्गानिक ब्राण्ड हो। यो रुखमै टिपेर खान मिल्छ। फुजी स्याउको स्प्रे गरेको पातमा लेयर छ। रेड लेवलको विषादी मिसाइएको छ। अर्गानिक मलको नाममा युरिया मलको प्रयोग भइरहेको छ। उनले थपे,‘फुजी स्याउका करोडौको लगानी छ। यो आर्थिक रुपमा बलियो मान्छेले मात्र खेती गर्न सक्छन्। फुजी स्याउ प्रतिविरुवा १३ सय रुपैयाँ पर्छ। जुम्ली स्याउको प्रतिबोट २५ रुपैयाँ मात्र।  

जुम्ली स्याउलाई हेयका दृष्टिले हेरिन्छ। फुजीको लगानीमा तीन बगैँचा छ। सबै स्याउ जुम्ली नै हो । खर्बको लगानी छ। जुम्लाका झण्डै १५ हजार ५ सय घरमा स्याउ बगैँचा छ। न्युनतम ५० देखि १५ सय रुपैयाँ सम्म विरुवा छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस