सुदूरपश्चिम : सङ्क्रमित शून्य

रासस

आइतबार, ३१ असोज २०७८, २० : ४६
सुदूरपश्चिम : सङ्क्रमित शून्य

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण शून्य देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि सङ्क्रमण देखिएन ।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । 

सुदूरपश्चिममा हालसम्म तीन लाख ७३ हजार ४२ जनाको परीक्षण गरिएकामा ४७ हजार ४७८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण प्रदेशभर ५९८ जनाले ज्यान गुमाएका छन् ।  

प्रतिक्रिया दिनुहोस