इच्छाराजविरुद्ध ९०० जाहेरी

सफल खबर संवाददाता

मंगलबार, २६ असोज २०७८, १९ : ४२
इच्छाराजविरुद्ध ९०० जाहेरी

काठमाडौँ । सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्ध करिब नौ सय जाहेरी दर्ता भएको छ। 

केन्द्रीय अनुसन्धान ब्युरोमा सोमबार साँझसम्म आठ सय ८३ जना निक्षेपकर्ताले जाहेरी दर्ता गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। जाहेरीमा अहिलेसम्म कुल बिगो रकम ३ अर्ब ७४ करोड २८ लाख रूपैयाँ दाबी गरिएको छ। यो मुद्दामा अझै जाहेरी थपिन सक्ने ब्युरोले जनाएको छ। एउटै मुद्दामा यति धेरै जाहेरी दर्ता भएको सम्भवत पहिलोपटक हो । 

प्रतिक्रिया दिनुहोस