रोल्पा । रोल्पामा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ । रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षीय पूर्णबहादुर बुढाको आफ्नै घरमा घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।
घरमा एक्लै रहेका बुढाको बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोका फोरेर हर्दा हत्या भएको अवस्थामा पाइएको प्रनानि सुवेदीले जानकारी दिए । घटना शङ्कास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको रोल्पा प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रनानि सुवेदी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ ।
बुढा नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता भएको नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोरकुमार आचार्यले बताए । गत साउन २३ गते सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट भएका थिए । श्रीमतीको केही समयअघि मृत्यु भइसकेको र छोराछारीहरु वैदेशिक रोजगारीमा रहेकाले बुढा एक्लै बस्दै आएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बाबुद्वारा धारिलो हतियार प्रहार गरी छोरी र भतिजको हत्या
बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
दिल्लीमा युवतीको गोली हानी हत्या
देवरद्वारा भाउजूको हत्या