काठमाडौँ । रुपन्देहीको मोतीपुरमा सुकुम्बासीमाथि भएको गोली प्रहारबारे राष्ट्रिय सभामा सवाल उठेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालले सुकुम्बासी मारिएको उक्त घटनामा सरकारको जवाफ माग गरेको हो ।
सोमबार बसेको राष्ट्रियसभा बैठकको शुरुमै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका सांसद खिमलाल भट्टराईले उक्त सवाल उठाएका हुन् । उनले गृहमन्त्री बालकृष्ण खाँड आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा पनि मुकदर्शक बनेको आरोप लगाए । साथै उक्त घटनाको निष्पक्ष छानबिन गराउन समेत उनले माग गरे ।
हिजो आइतबार रुपन्देहीको मोतीपुरमा भएको झडपमा सुकुम्बासीमाथि प्रहरीले गोली प्रहार गरेको थियो सो क्रममा ४ जना सुकम्बासीको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भए ।
घटनाबारे प्रश्न उठाउँदै सांसद भट्टराईले भने, ‘आज अरुका लागि दशैं आएको छ तर ती सुकुम्बासीहरुका लागि दशा । सोही जिल्लाका मान्छे आज गृहमन्त्री हुनुहुन्छ, उहाँले के सोचिरहनुभएको होला ? कुन नैतिकताका आधारमा उहाँ कुर्सीमा बसिरहनुभएको छ ?’ घटनाबारे सरकारले कुनै जवाफ नदिएकोमा आफूहरुलाई उदेक लागेको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठक शून्य समयमा सांसदको प्रश्न , ‘बाहेक’ भन्ने शब्द कसले कहाँबाट किन थप गरे जवाफ चाहियो
राष्ट्रिय सभा बैठक सुरु
राष्ट्रिय सभाको भोलिको बैठकका चार कार्यसूची तय
विरोधका बीच राष्ट्रिय सभा बैठक चलाउने तयारी
सुशासन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
निर्धारित समयमा सुरु भएन राष्ट्रिय सभा बैठक