एजेन्सी । पाकिस्तानका आणविक पिता डा. अब्दुल क्वादिर खानको निधन भएको छ । खानको ८५ वर्षको उमेरमा आईबार राजधानी इस्लामावादमा भएको हो । उनको उपचारका क्रममा एउटा स्थानीय अस्पतालमा मृत्यु भएको रेडियो पाकिस्तानले जनाएको छ ।
उनको मृत्युबाट पाकिस्तानलाई ठूलो क्षति भएको रक्षा मन्त्री पर्भेज खट्टाकले बताएका छन् । अब्दुल खानको मृत्युप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गहिरो दुःख व्यक्त गरेका छन् ।
यसअघि आफू अस्पताल हुँदा प्रधानमन्त्री खान र क्याबिनेटका कुनै पनि मन्त्रीले चासो नदिएको अब्दुलले गत साता गुनासो गरेका थिए । उनको योगदानलाई पाकिस्तानले सदा स्मरण गर्ने रक्षा मन्त्री पर्भेजले बताएका छन् ।
भारतको भोपालमा जन्मिएका डा. खान सन् १९४७ पछि आफ्नो परिवार लिएर पाकिस्तान पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असोज २०७८, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल