एजेन्सी । पाकिस्तानका आणविक पिता डा. अब्दुल क्वादिर खानको निधन भएको छ । खानको ८५ वर्षको उमेरमा आईबार राजधानी इस्लामावादमा भएको हो । उनको उपचारका क्रममा एउटा स्थानीय अस्पतालमा मृत्यु भएको रेडियो पाकिस्तानले जनाएको छ ।
उनको मृत्युबाट पाकिस्तानलाई ठूलो क्षति भएको रक्षा मन्त्री पर्भेज खट्टाकले बताएका छन् । अब्दुल खानको मृत्युप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गहिरो दुःख व्यक्त गरेका छन् ।
यसअघि आफू अस्पताल हुँदा प्रधानमन्त्री खान र क्याबिनेटका कुनै पनि मन्त्रीले चासो नदिएको अब्दुलले गत साता गुनासो गरेका थिए । उनको योगदानलाई पाकिस्तानले सदा स्मरण गर्ने रक्षा मन्त्री पर्भेजले बताएका छन् ।
भारतको भोपालमा जन्मिएका डा. खान सन् १९४७ पछि आफ्नो परिवार लिएर पाकिस्तान पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असोज २०७८, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली
टी–२० विश्वकप : पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
भारत र पाकिस्तानबिचको खेलबारे अन्योल, अब निर्णय आईसीसीको हातमा !