कतारमा ४२७ नेपाली अलपत्र

पत्रपत्रिकाबाट

मंगलबार, ११ बैशाख २०७५, ०७ : २३
कतारमा ४२७ नेपाली अलपत्र

कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदरा अलपत्र परेका छन् । यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल थानीको हो ।

कतारका महत्वपुर्ण परियोजना बनाउने जिम्मा लिएको एचकेएनले आफ्ना कामदारलाई तलब दिन सकेको छैन । उनीहरुको ४ महिनादेखि ७ महिनासम्मको तलव रोकिएको छ । तलब नपाउँदा कामदारलाई खानेकुरा जोहो गर्नसमेत समस्या परेको छ ।
कम्पनीमा मासिक रुपमा २६ हजारदेखि २ लाख ३२ हजार रुपैयाँसम्म तलब बुझ्ने नेपाली छन् ।, आजकोकान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस