नवलरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन अब कुनै शक्तिले तोड्न नसक्ने बताएका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटनका क्रममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
सरकार विस्तारमा केही ढिला भइरहेको अवस्थामा सरकारको स्थायीत्वलाई लिएर केही आशंकाहरु उठेको भए पनि अब यो सरकारले पूर्णता पाएसँगै यो आशंका पनि निवारण भएको बताए । अहिलेको गठबन्धन अब माथि मात्र होइन जिल्ला जिल्ला र स्थानीयहरुमा समेत बन्ने र आगामी निर्वाचनमा प्रतिगमनकारीहरुलाई समुल नष्ट नगरी आफूहरुले चैन नलिने बताएका छन् ।
अहिलेको गठबन्धनले ओलीहरुलाई बाल्कोट पुराएको र यसै गठबन्धनले अबको चुनावमा ओलीहरुलाई राजनैतिकको क्षितिजको धेरै टाडा पुर्याउने बताउदै प्रचण्डले यो सरकारले सुकुम्बासी समस्या, मधेशमा ठुलो समस्याका रुपमा रहेको नागरिकताको समस्या समेत हल गरेर जाने बताए। मधेशी, मुस्लिम, दलित, जननातिको पहिचानको विषयमा समस्या रहेको र समस्याको समाधानका लागि आफू सरकारमा छँदा संविधान संशोधन गर्न प्रश्ताव पेश गरेको भए पनि केपी ओली नेतृत्वको एमालेले अवरोध गरेका कारण मधेशको समस्या हल गर्नका लागि संविधान संशोधन गर्न नदिएको स्मरण गर्दै अब आउने समयमा यो सरकारले मधेशका समस्याहरु पनि हल गरेर जाने बताए ।
भूमि आयोग यो सरकारले गठन गरिसकेको र अब छिटै यो जिल्ला जिल्लामा आयोगको गठन गरिने बताउँदै प्रचण्डले अब जनताको सुकुम्बासी समस्या सदाका लागि समाधान गरेर जाने बताए । आगामी निर्वाचन आउनु भन्दा पहिला नै यो सरकारले देशका सम्पुर्ण सुकुमवासी एवं भुमिहिनहरुलाई लालपुर्जा वितरण गरेरै छाड्ने बताए ।
हिन्दी भाषामा बोलेका प्रचण्डले मधेशी, दलित अल्पसंख्यक लगायतका उत्पीडित वर्गको मुक्तिका लागि आफू निरन्तर लडिरहेको र आगामी दिनमा पनि लडिरहने बताए । सम्बोधन नेपाली भाषामा गरेका प्रचण्डले हिन्दी भाषामा बोले पछि स्थानियहरुले खुशी हुदै ताली बजाएका थिए । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकको अध्यक्षतामा भएको प्रशासकीय भवन उदघाटन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य मन्त्रि कुलप्रसाद केसी, नेपाली कांग्रेसका पुर्व गृहराज्य मन्त्री एवं सोही क्षेत्रका वर्तमान सांसद देवेन्द्रराज कँडेल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता मुकुरजी गिरीलगायतले मन्तव्य दिएका थिए ।
भरतपुरदेखि हेलिकप्टरबाट नवलपरासीको सदरमुकाम परासीमा झरेका प्रचण्डले सुनवलमा पत्रकार सम्मेलन, भारतीय सिमानासंग जोडिएको पाल्हीनन्दनमा सरकारी भवन उद्घाटन पछि बेलासपुरमा पार्टी प्रवेश कार्याकममा पार्टी कार्याकताहरुलाई सम्बोधन गरेका थिए । पश्चिम नवलपरासीको स्थानिय तहहरुका प्रशासनिक भवनहरु मध्य पहिलो बनेको पालिनन्दन गाउँपालिकाको प्रशासकिय भवन निर्माणमा ९ करोड ३५ लाख रुपैयाँ लागत लागेको पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले बताए। पाल्हीनन्दन गाउँपालिकाको पाँच तले प्रशासकिय भवनमा ८४ कोठा, ४ सभाहल एवं भवनको माथिल्लो तलामा हेलीप्याड समेत बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असोज २०७८, १७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा प्रचण्डको मर्निङ वाक
देउवासँग प्रचण्डको फोन र जर्नादनको भेट : संयोग कि रणनीति ?
०८४ को चुनावअघि वामपन्थी एकता हुँदैन: प्रचण्ड
अध्यक्ष दाहालद्वारा बुद्ध जयन्तीको शुभकामना
माओवादीले किन दिइरहेछ कोशीलाई असाधारण प्राथमिकता ?
भ्रष्टाचारको मुहान बन्द गर्न कार्यकारी निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक : प्रचण्ड