एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले ताइवानसँगको पुनः एकीकरण पूरा गर्न बाँकी रहेको बताएका छन्। उनले एक मन्तव्यका क्रममा एकीकरण शान्तिपूर्ण रूपमा प्राप्त गर्नुपर्ने बताएका छन् ।
सीले चिनियाँहरूसंग पृथक्तावादको विरोध गर्ने गौरवशाली परम्परा रहेको चेतावनी दिएका छन् । उनको भनाइको प्रतिउत्तरमा ताइवानको राष्ट्रपति कार्यालयले उसको भविष्य आफ्ना सर्वसाधारणहरूको हातमा रहेको जनाएको छ।
ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्छ । तर चीनले भने ताइवानलाई आफ्नो विद्रोही प्रान्तका रूपमा हेरेको जनाइएको छ। बेइजिङले एकता प्राप्तिका लागि बल प्रयोग हुनसक्ने सम्भावनालाई अस्वीकार नगरेको बताइएको छ । चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा झन्डै १५० सैन्य विमानहरू उडाएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २३ असोज २०७८, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
ताइवानमा अस्पतालमा आगलागी, आठ जनाको मृत्यु
ताइवानमा आँधीका कारण आठ जनाको मृत्युः एक बेपत्ता, ८६६ घाइते
ताइवानमा नौ जना सवार जहाज डुब्यो