पोखरा राइनोज १११ रनमै अलआउट

सफल खबर संवाददाता

शनिबार, २३ असोज २०७८, १३ : ५६
पोखरा राइनोज १११ रनमै अलआउट

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि पोखरा राइनोजले चितवन टाइगर्ससमक्ष सामान्य लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी फाइनल खेलमा टस हारेर व्याटिङको निम्तो पाएको पोखराले १७.१ ओभरमा १११ रन बनाउँदै अलआउट भएको हो । 

पोखराका लागि एसेला गुणरत्नेले सर्वाधिक ३४ रन बनाए । त्यस्तै, रिचार्ड लेभीले २६ रन बनाउँदा  विपिन रावलले १७ रन जोडे । कप्तान विनोद भण्डारीले २२ रन बनाए । 

प्रतिक्रिया दिनुहोस