'नेता मोटाए, जनता उस्तै'

पत्रपत्रिकाबाट

मंगलबार, ११ बैशाख २०७५, ०७ : ०३
'नेता मोटाए, जनता उस्तै'

२०६३ ११, पछिल्लो राजनीतिक परिवर्तनको प्रस्थानविन्दु । लाखौँको संख्यामा जनता सडकमा निक्लिएके त्यो दिनभन्दा धेरै अघिदेखि सडक सुनसान थियो । नेताहरु थुना र नजरबन्दमा थिए । प्रेसमाथि सेन्सरसिप लगाएर राजाको शासनविरुद्ध लेख्न, बोल्न बन्देज गरिएको थियो ।

त्यो एैतिहासिक दिन थियो, जो नोलको राजनीतिकमा न पहिले आउो थियो न फेरि आउने छ, नेपाल पत्रकार महासंघका पुर्वसभापति विष्णु निष्ठुरी भन्छन् । प्रत्येक पटक वैशाख ११ ले सडकभरि ओईरिएका मासिन अनि आक्रोस र उल्लास मिश्रित तिनका अनुहारको अभिव्यक्ति झल्काउने उनी बताउँछन् ।

यस्तमो पत्रकार महासंघले विस्तारै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आवाज उठाएर आन्दोलन सुरु गर्यो, उनी समझन्छन्, नेपाल बारले तुरुन्त त्यसमा साथ दियो ईन्जिनियरिङ एसोसिएसन, चिकित्सक संघ प्राध्यापक संघ र शिक्षक संग संगठन पनि यसमा जोडिन आउँदा पेसागत संगठनको ठुलो गठबन्धन नै बन्यो जसमा कारण आन्दोलनको राप र ताप बढ्न थाल्यो ।, आजको कान्तिपुरमा यो खबर घनश्याम खड्काले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस