साझा यातायातले चीनसँग ४० विद्युतीय बस खरिद गर्ने सम्झौता

सफल खबर संवाददाता

शनिबार, २३ असोज २०७८, १३ : ४९
साझा यातायातले चीनसँग ४० विद्युतीय बस खरिद गर्ने सम्झौता

काठमाडौँ । साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि चिनियाँ कम्पनी सीएचटिसी किनविन अटोमोबाइल कर्पोरेशनसँ सम्झौता गरेको छ ।

साझा यातायातको तर्फबाट संचालक समिति सदस्य बन्दना थापा र सिएचटिसीको तर्फबाट नेपाल प्रतिनिधि एनइभी नेपाल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक राजन रायमाशीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार साझाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर रुपैयाँ तिर्नुपर्ने जनाइएको छ । यसबाहेक पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्ट्सका लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ साझाले अलग्गै ब्यहोर्ने शर्त सम्झौतामा राखिएको छ।

तुलाधरका अनुसार चार महिनामा तीनवटा बस परिक्षण लागि ल्याउने गरी सम्झौता भएको छ। तीनवटा बस ल्याएर परीक्षण भएपछि आठ महिनाभित्र थप ३७ वटा बस ल्याइसक्नु पर्ने सम्झौतामा उल्लेख छ ।