काठमाडौँ । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले पनि थप पाँचजना मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेसको वरिष्ठ नेता रामचद्र पौडेल र कृष्ण सिटौला पक्षले मन्त्रीको नाम सिफारिस गरेका हुन्।
पौडेल पक्षबाट मिनेन्द्र रिजाल रक्षामन्त्री बन्ने भएका छन् भने दिलेन्द्र बडू कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने निश्चित भएको बालुवाटार स्रोतले जानकारी दियो। सिटौल समूहबाट सिफारिस भएका उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाइने भएको छ।
हाल कानुन मन्त्री रहेका ज्ञानेन्द्र बहादुर कार्कीलाई सञ्चारको जिम्मेवारी दिने निर्णय भएको छ। प्रधानमन्त्री देउवाकै कोटाबाट उमा रेग्मी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्ने भएकी छिन्।
यसअघि देउवाले आफ्नो पक्षबाट गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्र मन्त्री नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन्।
श्रेष्ठलाई मन्त्रीबाट विदाइ गरिने भएको छ। अरु दलले पनि मन्त्री हुनेहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाइ सकेका छन्।
दिउँसो ४ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असोज २०७८, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र
केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस