काठमाडौँ । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले पनि थप पाँचजना मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेसको वरिष्ठ नेता रामचद्र पौडेल र कृष्ण सिटौला पक्षले मन्त्रीको नाम सिफारिस गरेका हुन्।
पौडेल पक्षबाट मिनेन्द्र रिजाल रक्षामन्त्री बन्ने भएका छन् भने दिलेन्द्र बडू कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने निश्चित भएको बालुवाटार स्रोतले जानकारी दियो। सिटौल समूहबाट सिफारिस भएका उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाइने भएको छ।
हाल कानुन मन्त्री रहेका ज्ञानेन्द्र बहादुर कार्कीलाई सञ्चारको जिम्मेवारी दिने निर्णय भएको छ। प्रधानमन्त्री देउवाकै कोटाबाट उमा रेग्मी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्ने भएकी छिन्।
यसअघि देउवाले आफ्नो पक्षबाट गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्र मन्त्री नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन्।
श्रेष्ठलाई मन्त्रीबाट विदाइ गरिने भएको छ। अरु दलले पनि मन्त्री हुनेहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाइ सकेका छन्।
दिउँसो ४ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असोज २०७८, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
संसद् छलेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित होइन : कांग्रेस
काँग्रेसद्वारा भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय
काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु