सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्ले पूर्णता पाउला ?

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, १२ : ५७
सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्ले पूर्णता पाउला ?

काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ । ​ गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले गठबन्धनको बैठक बस्न लागेको हो । 

गठबन्धनमा रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकपछि गठबन्धनको बैठक बस्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस