प्रदेश २ का मुख्यमन्त्री राउतले पाए दुईतिहाइको समर्थन

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, १८ : ३२
प्रदेश २ का मुख्यमन्त्री राउतले पाए दुईतिहाइको समर्थन

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईतिहाइको समर्थन पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत मागेका थिए। 

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत पारेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०७ को दुईतिहाइ हो । उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत दिएका हुन् । राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस