अशोक लेलैण्डका गाडी बिक्री गर्न आइएमई मोटर्सले खोल्यो दुई नयाँ शाखा

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, १७ : ३४
अशोक लेलैण्डका गाडी बिक्री गर्न आइएमई मोटर्सले खोल्यो दुई नयाँ शाखा

काठमाडौं। आइएमई ग्रुपअन्र्तगत संचालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा बिस्तार गरेको छ। कम्पनीले जितपुर बारास्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअप शाखा खोलेको हो।

सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्डका गाडीहरुको सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ। दुई वटै शाखाको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष तथा आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका साथै भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका सार्क हेड सुजन रोयले गरेका छन्। 

अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए। अशोक लेलैण्ड गाडीहरुमा बिक्रीपछिको सेवाको लागि जस्तोसुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने उनले बताए। 

सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका सार्क अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको आक्रमक बजार बिस्तार गर्ने उद्देश्य रहेको जानकारी गराए ।

आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ । आइएमई मोटर्सले ट्रक टिप्पर, स्कुल बस सहित साना तथा ठुला कमरसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ । समुद्घाटन गरीएको जितपुर र सर्दी शाखा बाहेक थप ९ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सुबिधा पनि दिदै आएको कम्पनीले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस