प्रक्रिया नै नपुर्‍याइ मुख्यमन्त्री कार्यालयमा छापा मारियो : मुख्यमन्त्री राउत

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, १५ : ४०
प्रक्रिया नै नपुर्‍याइ मुख्यमन्त्री कार्यालयमा छापा मारियो : मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियारले प्रदेश सरकारलाई बद्नाम गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार विश्वासको मत लिन अघि प्रदेशसभामा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको बद्नाम गर्न अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको बताए ।उनले भने, ‘मुख्यमन्त्री र प्रदेश सरकारलाई जालझेल गरी बद्नाम गरिएको छ। अख्तियारले सरकारविरुद्ध षड्यन्त्र गरेको छ।’

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तरगत वितरण गरिने साइकल किन्दा अनियमितता भएको भन्दै उजुरी परेपछि मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको थियो।

सो घटनाप्रति मुख्यमन्त्री राउतले असन्तुष्टि व्यक्त गरेका छन् । अख्तियारले विन कुनै जानकारी नदिई मुख्यमन्त्री कार्यालयमा छापा मार्नु संस्थामाथिको आक्रमण भएको उनले बताए ।

‘अख्तियारले पत्र नै नपठाइ छापा मार्यो। यो व्यवहार ठीक होइन। प्रदेदेशको सिंहदरबारको अख्तियारले छापा मार्न मिल्छ रु’ भन्दै प्रश्न गरे । मुख्यमन्त्री राउतले प्रक्रिया नै नपुर्याइ छापा मारिएको भन्दै अख्तियारप्रति असन्तुष्ट व्यक्त गरे ।

यदी उक्त विषयमा अख्तियारले समन्वय गरेको भए कागजात सहित प्रमाण उपलब्ध गराउने उनले बताए ।उनले आजै प्रदेशसभामार्फ ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा कर्मचारीहरुबाट असहयोग भएको बताए । उनले भने, ‘मलाई कर्मचारीबाट हुने सहयोग मिलेन। यो अभियान कर्मचारीकै असहयोगले प्रभावित भयो।’

प्रतिक्रिया दिनुहोस