गायक शिव परियारले ल्याउँदैछन् अर्काे पिउने गीत

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, १५ : ३०
गायक शिव परियारले ल्याउँदैछन् अर्काे पिउने गीत

काठमाडौं । गायक शिव परियारले आफ्नो चर्चित गीत ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ को अर्को शृंखलास्वरूप ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ बोलको गीत ल्याउने तयारी गरेका छन् । 

दसैैको अवसरमा केही दिनमै सार्वजनिक गर्ने लक्ष्य लिइएको सो गीतको भिडियो सोमबार छायांकन सम्पन्न गरिएको छ । कविराज गहतराजले निर्देशन गरेको भिडियोमा अभिनेता पुष्प खड्काका साथमा टिकटकमा परिचित अञ्जली लुइँटेल र आलिया अधिकारीलाई प्रस्तुत गरिएको गायक परियारले बताए । 

प्रतिक्रिया दिनुहोस