सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ, ४४ करोड ठगीको उजुरी

सफल खबर संवाददाता

सोमबार, १८ असोज २०७८, २१ : ५६
सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ, ४४ करोड ठगीको उजुरी

काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो ।

तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस