किन विवादमा तानिदैं छन् राष्ट्र बैंकका गर्भनर अधिकारी ?

अर्थमन्त्रीसंग बढ्दो टकराव

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, ०९ : ३३
किन विवादमा तानिदैं छन् राष्ट्र बैंकका गर्भनर अधिकारी ?

काठमाडौं । आफ्नै रवाफका कारण सत्ताच्यूत हुन पुगेका केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपालको केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका व्यक्ति हुन् महाप्रसाद अधिकारी । अर्थनितिको कमाण्ड सम्हाल्ने राष्ट्र बैंककै कारण यतिबेला देशको अर्थतन्त्रमा अनेकन समस्या खडा भएको छ । जसरी पनि वर्तमान सरकारलाई अप्ठ्यारोमा पार्ने योजनाका साथ महाप्रसादले हर्कत गरिरहेको तथ्यहरुले पुष्टि गरेका छन् ।

ओलीका लागि जे पनि गर्ने, जस्तो पनि गर्ने तर वर्तमान सरकारलाई जसरी पनि समस्यामा पार्ने काममा उनी लागेको गुनासो बढ्दै गएको छ । शैक्षिक प्रमाणपत्रदेखि नियुक्ति प्रक्रियासम्म कानून मिचेर ओलीले अधिकारीलाई नियुक्ति गरेका थिए । ओलीले जुन उद्देश्यका साथ महाप्रसादलाई राष्ट्र बैंकमा ल्याएका थिए, सो उद्देश्य पूरा नहुने भएपछि यतिबेला जसरी भएपनि सरकारलाई असफल बनाउन लागिपरेको देखिन्छ ।

सरकारको काममा अवरोध गर्ने, कुनै पनि काममा सहयोग नगर्ने, ओलीले जे जे भन्छन्, त्यही गराउने तर, अर्थ मन्त्रालयको सबै निर्णय असफल बनाउन लागेका अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्रीको कुनै पनि आदेश नमान्ने सार्वजनिक रुपमा नै घोषणा गरेका छन् । गैरकानूनी तरिकाले सरकारमा आएकाहरुको आदेश मानिदैन, कुनै पनि सहयोग गरिदैन भन्दै उनले केन्द्रीय बैंकका कर्मचारीलाई समेत सोही अनुसारको निर्देशन दिएका छन् । केन्द्रीय बैंकमा अहिले जस्तो अराजकता कहिल्यै भएको थिएन, तर त्यसलाई जानकारी गराउँदा सरकार र अर्थमन्त्री विरुद्ध उनले गलत प्रचार गराएका छन् । 

सरकारको काममा अवरोध गर्ने, कुनै पनि काममा सहयोग नगर्ने, ओलीले जे जे भन्छन्, त्यही गराउने तर, अर्थ मन्त्रालयको सबै निर्णय असफल बनाउन लागेका अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्रीको कुनै पनि आदेश नमान्ने सार्वजनिक रुपमा नै घोषणा गरेका छन् । गैरकानूनी तरिकाले सरकारमा आएकाहरुको आदेश मानिदैन, कुनै पनि सहयोग गरिदैन भन्दै उनले केन्द्रीय बैंकका कर्मचारीलाई समेत सोही अनुसारको निर्देशन दिएका छन् ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गराउने बेलामा गभर्नर रहेका अधिकारी लामो बिरामी विदामा बसेका छन् । अधिकारीले आफू कोभिड संक्रमित भएको भन्दै अधिकारीले डेपुटी गभर्नर डा. निलम ढुंगानालाई कायममुकायम दिएर लामो विदामा बस्नुलाई धेरैले अर्थपूर्णरुपमा लिएका छन् । ओलीको योजना अनुसार नै गभर्नर अधिकारी बिदामा बसेको श्रोतको भनाई छ । 

राष्ट्र बैंकका एक कार्यकारी निर्देशकका अनुसार गभर्नर अधिकारीले घरमै भएको अवस्थामा राष्ट्र बैंकका कर्मचारीलाई फोन गरेर डा. ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दिन निर्देशन दिएपछि कर्मचारीहरूले अर्थमन्त्रालय गएर पत्र स्वीकृत गराएका थिए । सरकारका लागि काम नगर्ने, ओलीको योजना मात्रै कार्यान्वयन गराउने अधिकारीलाई उनका निकटस्थहरुले राजीनामा दिन भनेपनि उनले मानेका छैनन् । 

अर्थ मन्त्रालयमा माओवादी केन्द्रका नेता अर्थमन्त्री नियुक्त भएर आएसँगै गभर्नर अधिकारीसँग लय मिल्न सकेको छैन् ।  खासमा अधिकारीले अर्थमन्त्रीको मानमर्दन गर्ने गरेका छन् ।  एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले समेत आफुहरुको भेटमा गभर्नर अधिकारीले अर्थमन्त्रीलाई असाध्यै तल्लो स्तरमा गिरेर बोल्ने गरेको बताए ।  

गभर्नर अधिकारी निकटस्थहरुका अनुसार सरकारको नीतिलाई कुनै पनि काममा सहयोग नगर्ने, जसरी भएपनि असफल बनाउने योजनामा गभर्नर लागेका कारण केही कर्मचारीले अब यसरी नहुने भन्दै चेतावनी नै दिएका छन् । उनले सरकारका हरेक काममा विमति जनाएकाले सरकारसँग सम्बन्ध राम्रो हुन सकेको छैन । सोही सन्दर्भमा उनी विदामा बसेको हुनसक्ने उनी निकटस्थले बताएका छन् ।  
 

प्रतिक्रिया दिनुहोस