जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारले ‘छापामार शैलीमा छापा मारेको’ भन्दै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले आन्दोलनको घोषणा गरेको छ ।
जसपा मधेस प्रदेश समितिका मुख्य सचिव शम्भू झाले विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् । उनले प्रदेश २ का आठै जिल्लाका सदरमुकामहरुमा असोज १६ गते मशाल जुलुस र १७ गते बृहत विरोध प्रदर्शन गर्ने जानकारी दिएका छन् ।
जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी बचाउ, बेटी पढाउ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन खोजिएको आरोप विज्ञप्तिमा लगाइएको छ । छापामार शैलीमा छिरेर सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पुर्याउने कार्य अत्यन्त आपत्तिजनक र दुराशयपूर्ण रहेको विज्ञप्तीमा उल्लेख छ।
‘अमर्यादित र विद्देषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य गलत हो’, विज्ञप्तीमा भनिएको छ, ‘यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारमा नैराश्यता र हिनताबोध हुने, राष्ट्र निर्माणका लागि गरिने लोकल्याणकारी कार्यहरुमा प्रतिकुल असर पर्नेछ ।’
बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको भन्दै अख्तियारको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असोज २०७८, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व