काठमाडौँ । अदालतको अवहेलनामा मुद्दामा सर्वोच्च अदालतका ४ जना पूर्व प्रधानन्यायाधीशले सफाइ पाएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले अवहेलाना गरेको भन्दै दायर रिटमा मागदाबी नपुग्ने फैसला सुनाएको हो ।
सफाइ पाउनेमा पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की रहेका छन् । उनीहरुलेप्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै संयुक्त वक्तव्य दिएका थिए ।सोही वक्तव्यले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले ४ पूर्व प्रधानन्यायधीश विरुद्द सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असोज २०७८, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी
आयोडिनयुक्त नुन ऐन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश