कपनबाट अपहरणमा परेका बालक बिहारमा सकुशल फेला

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, ०९ : ४५
कपनबाट अपहरणमा परेका बालक बिहारमा सकुशल फेला

काठमाडौं । कपनबाट अपहरणमा परेका बालक भारतको बिहारमा सकुशल फेला परेका छन्। सोमबार दिउँसो ४ बजे अपहरणमा परेका चार वर्षिय पियुस दासलाई प्रहरीले सकुशल फेला पारेको हो । भारतीय प्रहरीको समन्वयमा अनुसन्धान गर्दा उनी भेटिएको काठमाडौंंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । 

उनलाई भारत बिहारकै शंकर दासले अपहरण गरेको खुलेको छ । उनलाई नेपाल ल्याएर घटनाको थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ । यसका लागि समेत भारतीय प्रहरीसँग समन्वय भैरहे‍को बताइएको छ ।  यसअघि बालक पियुसका बुबा विनोद शर्माले छोरा अपरहणमा परेको उजुरी दिएपछि प्रहरीले उनको खोजी तीव्र पारेको छ ।

प्रहरीका अुनसार शंकर केही दिनअघि मात्रै भारतबाट नेपाल आएको खुलेको छ । उनले नेपालमा प्रयोग गर्ने मोबाइल फोनसमेत कोठामै छोडेर बालकलाई अपरहण गरेको खुलेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार दासले कपनहुँदै चाबहिल गोपीकृष्ण हलअगाडिसम्म बालकलाई लोकल बसमा लिएर गएको पत्ता लागेको छ । 

प्रतिक्रिया दिनुहोस