पीएसजीले म्यानचेस्टर सिटीलाई हरायो

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, ०८ : ०६
पीएसजीले म्यानचेस्टर सिटीलाई हरायो

file photo

पेरिस । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति म्यानेस्टर सिटीलाई २–० ले हराएको छ । लियोनल मेसीले क्लबका लागि गरेको यो पहिलो गोल हो । 

पूर्वविजेता लिभरपुल पनि अर्को खेलमा प्रभावशाली जित निकाल्न सफल रह्यो । तर रियल म्याड्रिड भने पराजित रह्यो । बार्सिलोना छाडेर पीएसजी आएयताको चौथो खेलमा मेसीले केयलिन एमबापेको सहयोगमा गोल गरेका हुन् ।

इड्रिस गुएले पीएसजीका लागि पहिलो गोल गरे । लिभरपुलले पोर्टोमाथि प्राप्त ५–१ जितमा मोहम्मद सलाह र रोबर्टो फिरमिनोले दुई दुई गोल गरे । यस्तै साडियो मानेले एक गोल गरे । कीर्तिमान १३ पल्टको विजेता भने रियल भने सेरिफसँग आफ्नो घरेलु मैदानमा २–१ ले पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस