काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमले गर्ने खबरदारीहरु नपुगेको बताएका छन् ।
नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित सम्पादकहरूसँग अन्तरक्रियामा ओलीले सञ्चारमाध्यमहरुले खबरदारी नगर्दा सरकार लापरवाह हुने बताएका हुन् । उनले भने, ‘खबरदारी गरेन भने सरकार लापरवाह हुने रहेछ, जस्तो अहिलेको सरकार भइरहेको छ ।’
सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम मौन रहेको ओलीको आरोप थियो । उनले भने, ‘म प्रधानमन्त्री हुँदा सम्पादकहरूबाट जुन सहयोग पाएँ, म त्यसका लागि धन्यवाद भन्न चाहन्छु । यहाँहरूले सजग गराउनुभयो, खबरदारी गर्नुभयो, ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्यो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असोज २०७८, १७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाको हेलिकप्टरमा भागेको १०९ दिनपछि बालुवाटार पुगे ओली
देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली