विद्यालयका लेखापाल र परिचरले पाएनन् तलव

रासस

मंगलबार, १२ असोज २०७८, १४ : १९
विद्यालयका लेखापाल र परिचरले पाएनन् तलव

डोटी । जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित रु १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ । 

शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।

प्रतिक्रिया दिनुहोस