भारतमा २७ हजार कोरोना संक्रमित थपिए, २ सय ७७ को मृत्यु

रासस

सोमबार, ११ असोज २०७८, १४ : ०७
भारतमा २७ हजार कोरोना संक्रमित थपिए, २ सय ७७ को मृत्यु

काठमाडौँ  । भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमिको संख्या ३ करोड, ३६ लाख ७८ हजार २४३ पुगेको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअुनसार यहि अवधिमा भारतमा २९ हजार ६५८ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ करोड २९ लाख २४ हजार ४२० पुगेको छ । गत २४ घण्टामा २७७ जना संक्रमितको मृत्यु भएको छ ।

यससँग निको हुनेको संख्या २९ हजार ६५८ पुगेको छ ।