जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन ।
सोमबार पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको पनि जानकारी दिए ।
अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकार समेत कटौति गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पारे । उनले भने, ‘संविधान संशोधन, मधेश आन्दोलनकारी माथी लगाइएको झुठा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशिता लगायतको मुद्दामा निरन्तर सवाल उठाउँदै आई रहेका छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असोज २०७८, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँ : महन्थ ठाकुर
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर