काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका गरेका छन् । बालुवाटारमा बस्ने बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनेबारे निर्णय लिने बताइएको छ ।
सो अध्यादेश निष्क्रिय बनाएरमात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति सत्तारुढ गठबन्धनमा भइसकेको छ । ‘सम्भवतः आज राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय हुन्छ होला’, बालुवाटार स्रोतले भन्यो ।
सरकारले नेकपा एमाले र जसपा विभाजनमा सहयोग पुर्याउन संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेमा दल विभाजन हुनेगरी अध्यादेश जारी गरेको थियो ।
सोहीअनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी बनिसकेका छन् । अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार गर्दा जसपा पुनः विभाजित हुने सम्भावना बढेपछि अध्यादेश फिर्ता लिन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असोज २०७८, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई