काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभएसम्म देशमा अस्थिरता आउन नसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरेका छन् ।
जनकपुरधाममा आज लोसपा महिला परिवारले जितिया पर्वको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मुलुकमा राजनीतिक अस्थितरता कायम रहे पनि सरकारले मधेस समस्या समाधानका लागि गम्भीरता नदेखाएको आरोप लगाए ।
उनले मधेस समस्या समाधान गर्न हालसम्म भएका प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको बताए । देशमा सङ्घीय गणतन्त्र स्थापनापछि भएका सबै प्रधानमन्त्रीलाई मधेसको मुद्दाको सवालमा जानकारी गराएको उहाँले स्पस्ट पारे ।
उनले मधेसका एजेन्डा सुरुदेखि आफूहरूले नै उठाएकोे र अहिले पनि त्यसमा कायम नै रहेको बताए । अध्यक्ष ठाकुरले भने , “संविधान संशोधन, मधेस आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशितालगायत मुद्दा हामीले निरन्तर उठाइरहेका छौँ ।”
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १० असोज २०७८, २१ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर
रेशमलाई ५ घण्टा थुनेपछि राज्यले जितेको ठान्यो : महन्थ ठाकुर