काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सरकारबाट हट्दैमा आत्तिनुनपर्ने बताएका छन् । ‘मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो,’ ओलीले भने ।
पार्टी केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलको क्रममा आएको सुझावबारे जवाफ दिँदै ओलीले आफ्नो नेतृत्वको सरकारले जनता र देशको पक्षमा काम गरेको बताए । ‘हामीले देश र जनतापक्षमा धेरै असाधारण कामहरू गरेका छौं, चुनावमा कसरी भोट माग्ने होला भन्ने अवस्था छैन,’ ओलीले भने, ‘एउटा पनि काम नगरेकाहरू त चुनावमा जाने भन्दैछन्, हामी किन डराउने ?’ एमालेलाई सरकारबाट हटाइए पनि पार्टीलाई ठूलो नोक्सान नभएको उनले बताए ।
‘अहिले एकछिन कुनै कारणले धक्का खायौं, सेटब्याक भयो तर हामीलाई खासै नोक्सान भएन । सम्हालिएर अघि बढ्यौं । फेरि पनि सम्हालिएरै अघि बढ्नेछौं,’ ओलीले भने । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अभिव्यक्तिलाई पनि ओलीले जवाफ दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असोज २०७८, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन
सरकारले जेन जेडसँग गरेको सम्झौता कलाविहीन नाटक थियो: ओली