प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि मोदी काठमाडौं आउने

पत्रपत्रिकाबाट

आइतबार, ०९ बैशाख २०७५, ०८ : १३
प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि मोदी काठमाडौं आउने


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएको छ । आजको अन्नपूर्ण पोस्टमा यो समाचार छ । नेपालका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेपछि मात्र मोदीले नेपाल भ्रमण गर्ने निर्धारित योजनाअनुरूप कार्यक्रम सार्वजनिक भएको हो ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा ट्ठथिगत मोदीको नेपाल भ्रमण दुई देशबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण लम्बिएको हो । वैशाख अन्तिम साता वा जेठको पहिलो साताका लागि मोदीको भ्रमणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव शंकरदास बैरागीले भने, ‘मिति तय नभए पनि तयारी भने चलिरहेको छ । मोदीलाई नेपालमा स्वागत गर्ने कि पहिले चीन जाने भन्ने अन्योलमा रहेका ओलीले पहिले मोदीलाई नै स्वागत गर्नु उपयुक्त ठानेको बताइएको छ । भारतको संस्थापन पक्ष र प्रधानमन्त्री ओलीबीच रहेको शंका उपशंका मेटाउन पनि प्रधानमन्त्रीस्तरीय भ्रमण विगतकै योजनाको कार्यान्वयन रहेको बुझाइ केही विश्लेषकको छ ।

‘मुख्यतः नाकाबन्दीको विरोध गरेका ओलीलाई भारतसँग सम्बन्ध सुधार गर्नु थियो भने भारतका लागि पनि त्यो उत्तिकै आवश्यक छ । ओलीको विगत प्रधानमन्त्रीकालमा नेपालसँग बिग्रिएको सम्बन्ध, नेपालमा चीनको बढ्दो प्रभावलगायत तथ्य स्मरण गरेरै फेरि ओली सत्तारूढ भएको समयमा सम्बन्ध राम्रो रहेको सिग्नल भारतले दिन खोजेको हुनुपर्छ’, प्रेस ट्रस्ट अफ इन्डियाकी वरिष्ठ पत्रकार प्रियंका टिक्कुले भनिन् ।

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दिल्लीमा शुक्रबार भएको भेटमा दीर्घकालीन रूपमा समस्याग्रस्त नेपाल–भारत सम्बन्ध पुनरवलोकन गरी नयाँ आधारमा सम्बन्ध स्थापना गर्न आवश्यक रहेको दोहो¥याएका थिए । ‘एउटा व्यक्ति विशेषको भ्रमण क्रममा भएका वार्ताले मात्र नेपाल–भारत सम्बन्धमा रहेका संरचनात्मक समस्या समाधान हुँदैनन्’, उनले भने  ।

प्रतिक्रिया दिनुहोस